Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे लाइसेन्स

५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे लाइसेन्स


  • 1.1K
    Shares

    • images
    ५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे लाइसेन्स

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५०० मेगावाटभन्दा बढी क्षमताका ४० आयोजनालाई २ सर्भे लाइसेन्स दिएको छ ।

    विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले कार्यविधि संशोधनभन्दा अघि लाइसेन्सका लागि आवेदन परेका सबैलाई लाइसेन्स वितरण गरिएको बताए छन् । उनले कार्यविधि संशोधनभन्दा पछि सर्वेक्षण लाइसेन्सका अध्ययन पछि चाँडै लाइसेन्स दिइने उल्लेख गरेको छ ।

    नेपाल विद्युत् प्राधिकरणले गत चैतमा करिब १००० मेगावाटका आयोजनाका लागि बिड निकालेको थियो जसमा ९६० मेगावाटको बिड परेको थियो । केही समय अघि विद्युत् विकास विभागले वैकल्पिक विद्युत् विकास सम्बन्धी कार्यविधि–२०७८ संशोधन गरेर स्थानीय तहको स्वीकृति चाहिने व्यवस्था गरेको छ ।

    यो व्यवस्था सँगै १ मेगावाटभन्दा बढी जडित क्षमताका सौर्य विद्युत् आयोजनाको विद्युत् सर्वेक्षण र निर्माण गर्न प्रवर्द्धकले नियमावली तथा निर्देशिकामा तोके बमोजिम ढाँचामा निवेदन दिनुपर्नेछ बताएका छन् । १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरूले विद्युत् खरिद बिक्री सम्झौता भएको १८ महिनाभित्र र १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूले विद्युत् खरिद बिक्री भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको हो ।

    नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि कम्पनीले फागुन १६ गतेसम्म पीपीए गर्नु पर्नेमा  २ महिना म्याद थप गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १३:३५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij