Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो

‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो


  • 2.3K
    Shares

    • images
    ‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो

    काठमाडौं  । बाजुराको स्वार्मीकार्तिक खापर गाउँपालिका–२, फ्याल गाउँका पुसे भण्डारी आइतबार माछा मार्न बिहानै घरबाट निस्किए। करिब ४० वर्षका पुसे माछा मार्न अनुभवी मानिन्थे। गाउँबाट करिब तीन–चार घण्टाको बाटो पार गरेर उनी कर्णाली नदीको किनारमा पुगे। 

    स्थानीय गणेश बुढाका अनुसार पुसे जहिल्यै जोखिम मोलेर माछा मार्न जान्थे। गाउँलेहरू पनि उनलाई भीर चढ्ने मान्छे भनेर चिन्थे। तर भीर जति चढे पनि, त्यो दिन भीरले उनलाई छोडेन। साँझ पर्न लाग्दा उनी घर फर्किने तयारी गर्दै थिए। अचानक उनी भीरमाबाट तल खसे।

    लड्दै तल पुगेका पुसे अर्धचेत अवस्थामा थिए। उनी अशक्त थिए। बेसुर थिए, तर उनले आँट हारेनन्। उनको हातमा मोबाइल थियो। काँपिरहेको हातले उनले घरमा फोन गरे( ‘म भीरबाट खसेँ। घाइते भएँ। छिटो आउनु ।’

    फोन उठाउने परिवारको मन काम्यो। उनीहरूले गाउँलेलाई खबर गरे। गाउँलेहरू दौडिए। समूह बनाएर कर्णाली नदीतर्फ लागे। तर भीर उस्तै उकालो थियो, झन् अन्धकार छाउँदै थियो। उता पुसेको आवाज कमजोर हुँदै गयो। ‘म अब सक्दिनँ,’ फोनमै बोल्दै–बोल्दै उनको प्राण गयो । 

    गाउँले पुगे, तर  ढिलो भइसकेको थियो। शव उतार्न खोजे, तर जोखिम धेरै थियो। त्यसपछि प्रहरीलाई खबर गरियो।प्रहरी निरीक्षक देव चौधरीका अनुसार तत्कालै जुद्दी प्रहरी चौकीबाट टोली खटियो। तर शव निकाल्न सक्ने अवस्था छैन। भीर यति अप्ठ्यारो छ कि गाउँलेहरू मात्र होइन, प्रहरी टोली पनि सहजै पुग्न सकेन। 

    स्थानीय गणेश बुढा भन्छन्, ‘हामी ८–१० जना वारिबाट गयौँ, ८–१० जना पारीबाट गयौँ, तर कोही भीरमै अड्कियौँ। उद्धार गर्नै सकिएन।’ रातभरि प्रहरी र गाउँलेहरू आगो बालेर बसे। कर्णाली नदीको छेउमा पुसेको लास छ।

    आज र्‍याफ्टिङ टोली आउँदैछ। इलाका प्रहरी कार्यालय कोल्टीबाट थप टोली घटनास्थलमा छ। धौलाकोटबाट बोट टोली झिकाएर उद्धारको प्रयास भइरहेको छ। गाउँलेहरूले पुसेको शव उद्धार होस् भन्ने पर्खाइमा छन्।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १०:१८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij