Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चार राष्ट्र सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

आयोजक युगान्डामाथि नेपालको रोमाञ्चक जित

आयोजक युगान्डामाथि नेपालको रोमाञ्चक जित


  • 2.6K
    Shares

    आयोजक युगान्डामाथि नेपालको रोमाञ्चक जित

    काठमाडौं । युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो। 

    टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो। नेपालको जितमा साना प्रविनले १७ र पूजा महतोले १६ रन बनाए। रुविना क्षेत्रीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

    सम्झना कुमारी खड्काले ८ रन बनाउँदा कप्तान इन्दु बर्मा ६ रनमै रनआउट भइन्। कविता जोशी पहिलो बलमै आउट हुँदा बिन्दु रावलले २ रन मात्रै जोड्न सकिन्।

    रोमा थापा १ रन र रचना कुमारी चौधरी शून्य रनमा आउट भए। रिया शर्मा ४ तथा इश्वरी बिष्ट ३ रनमा अविजित रहिन्।युगान्डाकालागि जनेट मबाबाजीले ३ तथा सारा वलाजाले २ विकेट लिए।  

    अब नेपालले फागुन २६ गते हङकङ, फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणका खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनलमा भिड्नेछन्। 

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १६:१९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij