Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न


  • 2.5K
    Shares

    • images
    आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    कम्पनीले आर्थिक वर्ष २०८०/२०८१ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने २९ करोड ४९ लाख ६१ हजार ५ सय ३० रुपैयाँ नगद लाभांश वितरण गरेको छ। कम्पनीले ३.६३ अरब बीमाशुल्क आर्जन गरी ७.१२ प्रतिशतको वृद्धि भएको छ । 

    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३९ करोड ४५ लाख बीमा प्रिमियम संकलन गरेको र आगामी वर्षमा यसलाई अझ वृद्धि गर्ने योजना बनाएको हो। 

    अध्यक्ष हेमराज ढकालले भने, “जीवनका अनपेक्षित जोखिमहरूबाट बच्न बीमा सबैभन्दा भरपर्दो उपाय हो।” उनले कम्पनीले विगत दुई दशकमै नागरिकहरूको जीवनमा जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १६:०६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij