Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

टेकुको ढलमा एक पुरुष खस्यो : उद्धार गरेर उपचारको लागि लगिदै

टेकुको ढलमा एक पुरुष खस्यो : उद्धार गरेर उपचारको लागि लगिदै


  • 1.5K
    Shares

    • images
    टेकुको ढलमा एक पुरुष खस्यो :   उद्धार गरेर उपचारको लागि लगिदै

    काठमाडौं । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

    टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

    उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले बताए । उद्धार गरिएका व्यक्ति अन्दाजी ३१र३२ वर्षका पुरुष रहेको प्रहरीको भनाइ छ ।

    आइतबार बिहान ६ः४५ बजे उनी ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो । प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितीको रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १२:१८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij