Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्नू

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्नू


  • 1.4K
    Shares

    • images
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्नू

    काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई भारत(पाकिस्तान सीमा र नियन्त्रण रेखा वरिपरि यात्रा नगर्न आग्रह गरेको छ।

    अमेरिकाले जारी गरेको ‘ट्राभल एडभाइजरी’अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा नगर्न आफ्ना नागरिकलाई सुझवा दिइएको छ। 

    समाचार एजेन्सी पीटीआईका अनुसार यो ‘ट्राभल एडभाइजरी’ जारी गर्नुको कारण ती क्षेत्रमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको बताइएको छ।

    एडभाइजरीमा भनिएको छ, ‘पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण भइरहेका छन्।’ अतिवादीहरूले स्थानीय सैन्य र प्रहरी अड्डामा पनि आक्रमण गरेको एडभाइजरीमा उल्लेख गरिएको छ। 

    एडभाइजरीमा भनिएको छ, ‘आतंककारीहरूले यातायात केन्द्र, बजार, सपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थल र सरकारी सुविधालाई चेतावनीबिना नै लक्षित गर्न सक्छन्।’

    एडभाइजरीका अनुसार, ‘आतंककारीहरूले विगतमा अमेरिकी कूटनीतिज्ञ र दूतावासलाई निशाना बनाएका छन्।’

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - ११:३७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij