Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित


  • 1.7K
    Shares

    • images
    प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् । 

    शुक्रवारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखियो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिए । 

    त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट  आयोगको २०८०/०८१ को २४ औँ वार्षिक प्रतिवेदन सभामा पेस गरे । बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेय २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेस गरे । विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८१ शुक्रवार - १६:४३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij