२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१० बोसीगाँउस्थित आरएमबी प्लास्टिक प्याकेजिङ कारखानामा आज बिहान आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको प्लास्टिक कारखानामा आगलागी भएको हो।
अहिले आगलागी नियन्त्रण भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले बताएका छन्। आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीयसमेत खटिएका थिए।
प्लास्टिक कारखाना जलेर नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij