Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

काठमाडाैं उपत्यकासहित देशका केही ठाउँमा असिनासहित वर्षा

काठमाडाैं उपत्यकासहित देशका केही ठाउँमा असिनासहित वर्षा


  • 8.0K
    Shares

    काठमाडाैं उपत्यकासहित देशका केही ठाउँमा असिनासहित वर्षा

    काठमाडौं । काठमाडौं उपत्यका र देशको केही पहाडी भूभागमा असिनासहित वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित बनाएको छ ।

    काठमाडौँमा बिहीबार साँझ हुरी चलेको थियो । कतै फाट्टफुट्ट वर्षा पनि भएको थियो । शुक्रबार भने दिउँसोदेखि असिनासहित वर्षा भइरहेको छ ।

    स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले काठमाडौँ लगायत क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँसहित प्रदेश १ र सुदूरपश्चिमका पहाडी भागमा पनि वर्षा भइरहेको छ ।

    गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा पनि मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिना सहित वर्षा गराउने बादल विकसित भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले ती ठाउँमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । काठमाडौँ उपत्यकामा शुक्रबार दिउँसो अचानक वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १६:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij