Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज


  • 1.3K
    Shares

    • images
    पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । पूर्वयुवराज पारस शाह नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि आइतबार साँझ अस्पताल भर्ना भएका उनलाई बिहीबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

    आइतबार दिउँसो साढे ४ बजे अस्पताल पुर्याइएका उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै साहको कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

    हाललाई स्वास्थ्य अवस्था सामान्य रहेको र एक सातापछि उनलाई ‘फलोअप’मा बोलाइएको शाहको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । शाहलाई योसहित चौथोपटक हृदयघात भएको हो । 

    यसअघि उनलाई यसअघि सन् २००७, २०१३ र २०१९ मा पनि हृदयाघात भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १२:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij