Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

भेरी अस्पतालमा १८३ जनामा पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पतालमा १८३ जनामा पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि


  • 5.5K
    Shares

    भेरी अस्पतालमा १८३ जनामा पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६९.४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    अस्पतालले पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणको विवरण सार्वजनिक गर्दै कुल परीक्षण गरिएको स्वाबमध्ये ६९ .४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    भेरी अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १८३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमित  हुनेमा ८ वर्षीया बालिका देखि ७८ वर्षीया वृद्धा समेत छन्। संक्रमित मध्ये धेरैजसो बाँके र बर्दियाका छन् । एकैदिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो भएको अस्पतालले जनाएको छ ।

    यो तथ्यांकले संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्ने अस्पतालका निर्देशक डा प्रकाश थापाले बताए । उनका अनुसार स्थानीयको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

    भेरी अस्पताल आफ्नो स्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको जनाउँदै यहि क्रममा संक्रमण फैलँदै गएमा गम्भीर खालका बिरामीको चाप थेग्न मुस्किल हुने डा थापा बताउँछन् । संक्रमणलाई थप फैलिन नदिन स्वास्थ्य  सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न उनको आग्रह छ ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १६:११:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij