Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सिटिइभिटीको तालिम लिनेको भृकुटीमण्डपमा लाग्यो लर्को

सिटिइभिटीको तालिम लिनेको भृकुटीमण्डपमा लाग्यो लर्को


  • 5.0K
    Shares

    सिटिइभिटीको तालिम लिनेको भृकुटीमण्डपमा लाग्यो लर्को

    काठमाडौं । भृकुटीमण्डपमा शुक्रबार सिटिइभिटी तालिम लिनेको भिड लागेको छ । शिक्षा तथा प्रविधि मन्त्रालयको व्यावसयिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोले तालिमका लागि फारम खुलाएपछि भीड लागेको हो ।

    परियोजनाका अनुसार अफसिजन भेजिटेवल प्रोड्युसर,असिस्टेन्ट वेटर,कमि,इलेक्ट्रोनिकल एपालाइन्स रिपियर,टेलरिङ लगायतको तालिम खोलिएको छ । बालबालिका समेत बोकेर महिलाहरु फारम भर्न आएका छन् ।

    लाइनमा बसेका मनिसा सुनुवारले कृषि तालिमको लागि फारम भर्न आएको बताइन् । त्यस्तै,फर्पिङबाट फारम भर्न आएका रबिना रानामगरले मन्टेश्वरी तालिम लिनका लागि फाराम भर्न आएका सुनाइन् । ‘फारामको लागि १० बजेदेखि लाईनमा बस्दै आएको छु,’उनले भनिन,‘धेरै भीडभाड छ कहिले पालो आउला र भरेर जाऊँ भनी लाइनमा बसिरहेको छु ।’

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १६:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij