Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

एन्टिजेन किटको अभाव, परीक्षण नगरि सीमानाकाबाट मानिस छोडिदै

एन्टिजेन किटको अभाव, परीक्षण नगरि सीमानाकाबाट मानिस छोडिदै


  • 7.1K
    Shares

    एन्टिजेन किटको अभाव, परीक्षण नगरि सीमानाकाबाट मानिस छोडिदै

    कञ्चनपुर । भारतसंग सीमा जोडिएका तराईका जिल्लाहरु उच्च जोखिममा परेका छन् । भारतबाट फर्कनेहरुको लर्कोले तराईका सीमा जोडिएका हरेक जिल्लाहरु भरिभराउन नै हुन थालेका छन् ।

    भारतमा कोरोना भाइरसको संक्रमण तीब्र बन्दा नेपाल फर्किनेहरुका लागि सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण भइरहेको छ । तर, एन्टिजेन किटको अभाव हुँदा सीमित आगन्तुकको मात्र परीक्षण हुँदा जोखिम झनै बढ्न सम्भावना देखिएको छ ।

    कञ्चनपुर जिल्ला भारतको उत्तर प्रदेश र उत्तराखण्ड प्रदेशसंग सीमा जोडिएको जिल्ला हो । यो बाटो हुँदै हजारौ मानिस नेपाल फर्कन्छन् । भारतबाट नेपाल प्रवेश गर्नेलाई एन्टिजेन्ट परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिइन्छ ।

    तर, जिल्लामा एन्टिजेन किट अभाव हुँदा थोरै मानिसको मात्रै एन्टिजेन परीक्षण हुदै आएको छ । जसका कारण कोरोना संक्रमण ब्यापक रुपमा नेपालमा फैलिन सक्ने सम्भावना बढेको छ ।

    एन्टिजेन किटको माग गरिएको तर अभावको कारण तत्काल आउने सम्भावना नहुँदा भएकोबाट नै परीक्षणको व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारको भनाइ छ ।

    एन्टिजेन किटको अभावका कारण भारतमा संक्रमण बढी फैलिएको क्षेत्रबाट आएका ब्यक्तिलाई मात्रै चेकजाँच गरि नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाइएको पनि प्रमुख सुनारले बताए ।

    कञ्चनपुर नाकाबाट समग्र देशकै नागरिकहरु फर्कने भएकाले नाकामा थप सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको दावी छ ।

    सरकारले नेपाल फर्कने र आउनेहरुलाई स्वास्थ्यको चेकजाँचमा सीमामै कडाइ गर्न आवश्यक भइसकेको छ । अहिले सीमामा भइरहेको व्यवस्था फितलो हुनु र त्यसमाथि एन्टिजेन किटको अभाव देखिनु मुलुकका लागि नै घातक हुनसक्ने तर्फ सरोकारवाला निकायले ध्यान जान आवश्यक भइसकेको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १५:५३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij