२०८२ भाद्र ११ गते बुधवार
भक्तपुर । अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुर नगरपालिका–१ चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक किनाराको बारमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँके नेपालगञ्ज घर भइ काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर साल्पासिलिछो चौकीडाँडा घर भइ पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी छन् ।
मोटरसाइकल दुर्घटनाबाट सख्त घाइते दुवैको उपचारकै क्रममा मध्यपुर अस्पताल नयाँ थिमिमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।
घटनास्थल नजिकैको सिसिटिभीको अभिलेख हेर्दा उक्त मोटरसाइकलको गति तीव्र रहेको र अनियन्त्रित भइ सडक किनाराको बारमा ठोक्किएर दुर्घटना भएको देखिएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij