Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

गएरातीको चट्याङका कारण तीनको मृत्यु, ४ घाइते

गएरातीको चट्याङका कारण तीनको मृत्यु, ४ घाइते


  • 8.1K
    Shares

    गएरातीको चट्याङका कारण तीनको मृत्यु, ४ घाइते

    बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया रोहिता मगर र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीय खिमलाल कँडेल छन् । उनीहरुमध्ये दुईजना घरमै र कँडेल चाहिँ गोठमा जाँदै गरेका वेला चट्याङ्ले लागेको थियो ।

    विपद व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका अनुसार तेह्रथुममा १६ र १३ वर्षकी दुई बालिका, ताप्लेजुङमा ५० वर्षीया महिला र बाग्लुङमा एक ४५ वर्षीया महिला घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १४:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij