२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले वैशाख ७ गतेबाट लगाइने कोरोनाको दोस्रो डोज खोपको समयतालिका सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालयले अघिल्लो पहिलो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनको आधारमा खोप लगाउने तालिका केही हेरफेर गरेको बताएको छ ।
गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरूले आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज लगाउन लगाउने निर्णय यसअघि नै गरेको थियो ।
त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ । सो खोप केन्द्रमा बिहान १० देखि अपराह्न ४ बजेसम्म पुगेर पहिलो डोज खोप लगाएकाहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले आग्रह गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij