२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो भने बुधबार घटेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij