२०८२ फाल्गुण ३० गते शनिवार
रसुवा । रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
टिपरमा सवार एक जना सामान्य घाइते भएका छन् । गएराति पौने १ बजे प्रदेश ३–०१ ००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक २५ वर्षीय सागर तामाङ र टिपरमा सवार अर्का एक जनाको उपचारको क्रममा आज बिहान साढे ४ बजे जिल्ला अस्पताल रसुवामा मृत्यु भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij