२०८२ भाद्र २ गते सोमवार
भारतमा कोरोना संक्रमणको स्थिति खराब हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ६४२ जनामा संक्रमण पुष्टि भएको पाइएको छ ।
पछिल्लो वर्ष संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । यस दौरान १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने १ हजार १८२ जनाको मृत्यु भएको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख नाघेको छ । त्यहाँ १५ लाख ६३ हजार ५८८ संक्रमितको उपचार भइरहेको छ । विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij