Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

एउटै कार्यालयका पाँच कर्मचारीको दुर्घटनामा मृत्यु भएपछि प्रशासन कार्यालय पाँच दिनका लागि बन्द

एउटै कार्यालयका पाँच कर्मचारीको दुर्घटनामा मृत्यु भएपछि प्रशासन कार्यालय पाँच दिनका लागि बन्द


  • 7.1K
    Shares

    एउटै कार्यालयका पाँच कर्मचारीको दुर्घटनामा मृत्यु भएपछि प्रशासन कार्यालय पाँच दिनका लागि बन्द

    गुल्मी । दुर्घटनामा पाँच जना कर्मचारीको मृत्यु भएपछि गुल्मी जिल्ला प्रशासन कार्यालय  पाँच दिनका लागि बन्द भएको छ ।

    बुधबार प्युठानमा जीप दुर्घटना हुँदा कार्यालयका पाँच जना कर्मचारीको मृत्यु भएको थियो । कर्मचारीको मृत्युको शोकमा बिहिबार कार्यालयका सबै सेवा बन्द गरिएको थियो । आजदेखि वैशाख ६ गते सम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।

    नयाँ वर्षको अवसरमा वैशाख १ गते प्युठानको स्वर्गद्वारी भ्रमणमा जाँदै गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहित १७ जना सबार लु १ ज १६६५ नम्बरको जीप दर्घटनामा परेको थियो । सो दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको मृत्यु भएको थियो ।

    दुर्घटनामा सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ ।

    दुर्घटनामा ज्यान गुमाउने कर्मचारीको शव बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि आफन्तको जिम्मा लगाइएको छ । दुर्घटनामा एउटै कार्यालयका पाँच जना कर्मचारीको मृत्यु भएपछि कार्यालयको काममा समेत समस्या सिर्जना भएको सूचना अधिकारी पन्थीले बताए ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १०:२९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij