Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज नेपाली गोलभेँडाको मूल्य १८ मात्रै, भारतीय गोलभेँडा किलोकै ४५

आज नेपाली गोलभेँडाको मूल्य १८ मात्रै, भारतीय गोलभेँडा किलोकै ४५


  • 1.4K
    Shares

    • images
    आज नेपाली गोलभेँडाको मूल्य १८ मात्रै, भारतीय गोलभेँडा किलोकै ४५
    images

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    आज पनि कालीमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज काउली, सागसहितका तरकारीको मूल्य बढेको छ। गोलभेँडा, च्याउ, घिरौँला, करेलासहितका तरकारीको मूल्य केही घटेको छ।  

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ४५, तराईको सानो गोलभेँडा १८, रातो आलु ३३, भारतीय रातो आलु ३१, सुकेको भारतीय प्याज ७१, तराईको गाँजर २५, तराईको बन्दा र नरिवल बन्दा १०, लोकल बन्दा १२, स्थानीय र तराईको काउली १७, ज्यापु काउली २२, सेतो मुला २५, लाम्चो भन्टा २२ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला १२५, घिरौँला १०५, पाकेको फर्सी ४५, हरियो फर्सी १२, भिन्डी ११५, रायोको साग २०, कन्य च्याउ ८५, डल्ले च्याउ ३७६, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। 

    कालीमाटीमा हिजो ठूलो गोलभेँडा ४५, सानो लोकल गोलभेँडा १९, रातो आलु ३३, भारतीय रातो आलु ३१, तराईको गाँजर २२, लोकल गाँजर ३०, लोकल बन्दा १२, तराईको बन्दा १०, स्थानीय काउली १५, ज्यापु काउली २२, सेतो मुला २०, लाम्चो भन्टा २२ रुपैयाँ प्रतिकिलो थियो। 

    त्यसैगरि करेला १४५, घिरौँला १२५, स्कुस ४०, रायोको साग १७, तरुल ७५, कन्य च्याउ ९०, डल्ले च्याउ ४२३, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो थियो। 

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलहरुको मूल्यसूची

    प्रकाशित मिति :फाल्गुण १२ २०८१ सोमवार - ०८:१९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij