Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति निन्दा

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति निन्दा


  • 6.7K
    Shares

    पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति निन्दा

    काठमाडौँ । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ ।

    नयाँ वर्षको शुरुआतकै दिन बुधबार बिहान तनहुँ, व्यास– ५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका सहसेनानी विजय थापाले नियमित अभ्यासका क्रममा सडकमा दौडिरहेका सेनाका जवानको दृश्य खिंचेका नाममा पत्रकार पवन पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनाका साथै दुव्र्यवहार गरेको घटनाप्रति युनियनले निन्दा गरेको हो । 

    युनियनले आज विज्ञप्ति जारी गरी भारतीय दूतावास परिसरमा समाचार सङ्कलनका क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुव्र्यवहार गरेको प्रति पनि आपत्ति जनाएको छ । ‘नो अब्जेक्सन लेटर’ लिन भारतीय दूतावास अगाडि जम्मा भएकामाथि प्रहरीले गरेको हस्तक्षेपको घटनाको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार दाहाललाई प्रहरी नायब उपरीक्षक दीपक खड्काको नेतृत्वमा रहेका प्रहरी जवानले भिडियो र फोटो खिंचेको भन्दै लछारपछार पारेको घटनाप्रति युनियनले निन्दा गरेको हो । 

    ‘राष्ट्रिय सुरक्षा र सुरक्षा निकायको संवेदनशीलता नेपाली प्रेसले राम्रोसँग बुझेको छ, तर पटकपटक सुरक्षा निकायका तर्फबाट रिपोटिङका क्रममा खटिएका सञ्चारकर्मीमाथि दुव्यवहार तथा हातपात हुनु अशोभनीय मात्र हैन निन्दनीय विषय हो’ विज्ञप्तिमा उल्लेख छ । रासस

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १६:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij