२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य ११०० रुपैयाँ बढेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij