२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको छ ।
सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोली १५ दिनमा चोरी भएका उक्त मोटरसाइकल फेला पार्न सफल भएको हो ।मोटरसाइकल फिर्ता कार्यक्रममा महाशाखा प्रमुख जनक भट्टराईले हराएको सवारी फेला पार्नु भन्दा पनि हराउनै नदिने तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
महाशाखाले यस अर्थिक बर्ष भित्र हराएका ८ सय १६ वटा मोटसाइकल फेलापारी सम्बन्धित धनिलाई बुझाइ सकेको छ भने ५२ जना मोटरसाइकल चोरिमा संलग्न चोरहरु माथि कारवाही गरिसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
महाशाखाले चोरीको सवारी साधन खोजिमा प्रभावकारी रुपमा खटिएको भन्दै ट्राफिक प्रहरी सहायक निरीक्षक धन बहादुर क्षेत्रीलाई नगद पुरस्कारबाट पुरस्कृत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij