Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नेपालगञ्जका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय

नेपालगञ्जका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय


  • 5.8K
    Shares

    नेपालगञ्जका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय

    नेपालगञ्ज उपमहानगरपालिकामा यही शुक्रवारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक हप्ताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।

    नेपालगञ्जमा कोभिड–१० सङ्क्रमण तीव्र गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

    यसैबीच उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । 

    यस्तै बैठकले भारतबाट आउनेहरूको सीमा नाकामा स्वास्थ्य तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । साथै माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय गरेको छ ।  

    माक्स नलगाइ कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक हप्ताका लागि बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । घरबाहिर माक्स नलगाइ हिँड्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।  

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १५:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij