Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कालीमाटीमा करेला महँगियो, कुन तरकारी तथा फलफुलको भाउ कति ?

कालीमाटीमा करेला महँगियो, कुन तरकारी तथा फलफुलको भाउ कति ?


  • 1.4K
    Shares

    कालीमाटीमा करेला महँगियो, कुन तरकारी तथा फलफुलको भाउ कति ?

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    आज पनि कालीमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २०, करेला ११५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो छ। 

    कालीमाटीमा हिजो ठूलो नेपाली र भारतीय दुवै गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २५, करेला ८५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो थियो। 

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलहरुको मूल्यसूची

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - ०८:५२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij