Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजको मौसम

आज देशका पहाडी भूभागमा वर्षा हुने, कस्तो होला अबको ३ दिनको मौसम?

आज देशका पहाडी भूभागमा वर्षा हुने, कस्तो होला अबको ३ दिनको मौसम?


  • 1.7K
    Shares

    • images
    आज देशका पहाडी भूभागमा वर्षा हुने, कस्तो होला अबको ३ दिनको मौसम?

    हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

    यतिबेला (सोमबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक देखि साधारणतया बदली छ। देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको छ। आज देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।  देशक उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

    साथै बिहानीपख तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ। 

    ३ दिनकाे माैसम पूर्वानुमान हेर्नुहाेस्

    1_pGmOF5lqty.jpg2_pkhy70zjkg.jpg3_9GgyvLg5ns.jpg

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - ०७:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij