Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

लिफ्ट मागेर पाकेटमार गर्ने युवती पक्राउ

लिफ्ट मागेर पाकेटमार गर्ने युवती पक्राउ


  • 5.3K
    Shares

    लिफ्ट मागेर पाकेटमार गर्ने युवती पक्राउ

    रामेछाप । मोटरसाइकलमा लिफ्ट मागेर पाकेटमार गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

    रामेछाप मन्थली नगरपालिका-६ की २१ वर्षीया लक्ष्मी भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए।

    उनले एक जना ब्यक्तिसँग मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पाकेटमार गरेको प्रहरीले बताएको छ।

    पाकेटमार गरे लगत्तै पक्राउ परेकी उनको साथबाट प्रहरीले सो रकम बरामद गरेको छ।  मुलुकी संहिता अनुसार १० हजार भन्दा बढी बगली मारेमा चोरी गरे सरह सजाय हुने व्यवस्था छ । पक्राउ परेकी युवतीलाई  विहीबार म्याद थपको लागि अदालतमा पेश गरिएको छ ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १४:३३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij