Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो


  • 2.0K
    Shares

    ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

    काठमाडौं । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले आज उद्घाटन गरेका छन् । बिहीबार बिहान बनस्थली स्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर यि दुई कलाकारले सलुन उद्घाटन गरेका हुन् ।

    लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो तथा फिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेका मेकअप आर्टिष्ट विक्रम गौतमले यस अघि कपनमा बि स्टार सलुनको सुरुवात गरेका थिए । बनस्थलीमा सुरु गरिएको दोस्रो ब्रान्चमा उद्घाटनको दिन निशुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो । उद्घाटनलाई सम्बोधन गर्दै कलाकार बलेले बेला बखत कपाल दारी मिलाउन आफू कपनमा रहेको बि स्टारमा जाने गरेको बताए ।

    उता पुरुषोत्तम आचार्यले युवा व्यवसायी विक्रमले सलुन खोलेर आफ्नै भाई बुहारीलाई रोजगारी सिर्जना गरेको भन्दै शुभकामना व्यक्त गरे । विक्रम गौतमले ‘सक्किगोनी’ सिरियल तथा आगामी फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ मा मेकअप आर्टिष्टको रुपमा काम गरेका छन् ।

    DSC02232-1536x1024.jpg

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १६:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij