Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको शानदार सुरुवात, मूल्य कति ?

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको शानदार सुरुवात, मूल्य कति ?


  • 1.4K
    Shares

    • images
    नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको शानदार सुरुवात, मूल्य कति ?
    images

    काठमाडौं। सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि-अर्डर ६० प्रतिशतले बढी भएको छ । अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्।

    सामसङ र गुगल एपहरुबीच सहज अन्तक्र्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले नयाँ एस सिरिज-ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ को स्मार्टफोनले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्तालाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्ने बताए ।

    ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ । नाउ ब्रिफले दिनभरिको लागि आवश्यक हुने सुझावहरू प्रदान गर्छ भने नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिको लागि एकै ठाउँमा पहुँच दिन्छ । लेखनलाई प्रभावकारी बनाउने राइतिंग असिस्ट देखि रचनात्मकतालाई नयाँ उचाइमा पु¥याउन ड्रइंग असिस्ट सम्म, ग्यालेक्सी एआईको विस्तारित क्षमताले प्रयोगकर्तालाई हरेक दिन नयाँ अनुभव दिनेछ ।

    यस सिरिजमा अन्तरक्रियाहरू झन् स्वाभाविक भएका छन् । एकमात्र आदेश दिएर जेमिनीले मनपर्ने सपोर्टस् टिमको स्केजुअल खोजेर सामसङ क्यालेन्डरमा थप्न सक्छ । साथै, गुगलको इनहान्स गरिएको सर्कल टु सर्चले अब एआई ओभरभीउहरु र एक–ट्याप एक्सनमार्फत झन् उपयोगी जानकारी प्रदान गर्छ ।

    ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्छ । ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) प्रविधिले एआई–आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ र ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ ।

    ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपि अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ । भरचुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो–ग्रेड कन्ट्रोलले फोटो तथा भिडियोलाई सिनेम्याटिक बनाउँछ । साथै, यो सिरिज कन्टेन्ट क्रेदेन्सियलस् समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो, जुन कोओलिशन फर कन्टेन्ट प्रोभेनेन्स एण्ड अठेन्तिसिती (सी२पिए) को प्रविधिमा आधारित छ ।

    यसका माध्यमबाट डिजिटल कन्टेन्टको विश्वसनीयता बढाउन मद्दत पुग्छ । सामसङले एआई–आधारित कन्टेन्ट निर्माणलाई पारदर्शी बनाउन यस मानकलाई अवलम्बन गरेको छ । सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा ६ महिना सम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ। जेमिनी एडभान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेलहरू उपलब्ध छन्, जसले प्रयोगकर्तालाई नयाँ जेम्स (कस्टम एआई एक्सपर्ट) तथा डिप रिशर्च (एआई रिशर्च असिस्टेन्ट) जस्ता विशेष सुविधाहरू दिन्छ ।

    २०८१ फागुन २ देखि ग्यालेक्सी एस२५ सिरिज सबै सामसङ आधिकारिक स्टोरमा उपलब्ध हुनेछन् । ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो र आइसिब्लु रङ्गमा उपलब्ध हुनेछन् । फेब्रुअरी १४ देखि, ग्यालेक्सी एस२५ सिरिज नेपालभरिका सबै सामसङ अधिकृत स्टोरमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध छ ।

    ग्यालेक्सी एस२५ र ग्यालेक्सी एस२५+ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध छन् । अतिरिक्त रूपमा, सामसङ इन्स्टा फाइनान्स सेवा, जुन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित छ, मार्फत ग्राहकले नवीनतम उपकरणहरू सजिलै ईएमआई विकल्पहरूसहित प्राप्त गर्न सक्छन्, । जसको शुरुवात रु ५२५०/महिनामा ० प्रतिशत ब्याज दरमा हुन्छ । यो प्रक्रिया झन्झट रहित छ । सुरु गर्न नागरिकताको आवश्यकता पर्दछ ।

    साथै, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १–टाइम ब्रेकज इन्स्योरेन्स पनि प्रदान गरिरहेको छ । त्यस्तै, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकले आफ्नो पुराना फोनहरू सबकोफोन र आर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १६:०७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij