Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सहकारी समृद्धिको मुख्य आधार : उपसभामुख शर्मा

सहकारी समृद्धिको मुख्य आधार : उपसभामुख शर्मा


  • 6.2K
    Shares

    सहकारी समृद्धिको मुख्य आधार : उपसभामुख शर्मा

    पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।

    पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित नव वर्षको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रममा उहाँले सहकारी उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताउनुभयो ।

    उपसभामुख शर्माले मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहने बताउँदै आप्mना क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो ।

    पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले स्थानीय उत्पादित वस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्पm लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    संस्थाका अध्यक्ष वासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोला, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठ लगायतले सहकारीको महत्वमाथि प्रकाश पार्नुभएको थियो । रासस

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १४:२७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij