Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज बन्दा किलोको ११, काउली १२ मात्रै, अन्य तरकारीको प्रतिकिलो मूल्य कति ?

आज बन्दा किलोको ११, काउली १२ मात्रै, अन्य तरकारीको प्रतिकिलो मूल्य कति ?


  • 2.1K
    Shares

    • images
    आज बन्दा किलोको ११, काउली १२ मात्रै, अन्य तरकारीको प्रतिकिलो मूल्य कति ?
    images

    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    आज पनि कालीमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। आज कालीमाटीमा आलु, फर्सी, घिरौँलासहितका केही तरकारीको मूल्य हिजो भन्दा केही सस्तो छ। 

    कालीमाटीमा आज ठूलो नेपाली र भारतीय दुवै गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २५, करेला ८५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरी भिन्डी ९५, सायोको साग १२, पालुंगोको साग ४५, कन्य च्याउ ११०, डल्ले च्याउ ३७५, ब्रोकाउली २५, लौका ५५, घिरौँला ९५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। 

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८१ शनिवार - ०९:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij