Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

का.म.पा. सञ्चार विभाग प्रमुख ढकाल “प्रवल जनसेवा श्री चतुर्थ श्रेणी” द्वारा विभुषित

का.म.पा. सञ्चार विभाग प्रमुख ढकाल “प्रवल जनसेवा श्री चतुर्थ श्रेणी” द्वारा विभुषित


  • 7.9K
    Shares

    का.म.पा. सञ्चार विभाग प्रमुख ढकाल “प्रवल जनसेवा श्री चतुर्थ श्रेणी” द्वारा विभुषित

    काठमाडौं । काठमाडौं महानगरपालिका, सूचना तथा सञ्चार विभागका प्रमुख नमराज ढकाल संविधान दिवस (राष्ट्रिय दिवस २०७७) को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानीत भएका छन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्री परिषदको सिफारिसमा ढकाल विभुषित भएका हुन् । 

    उनले यस अघि महानगर प्रमुखको सचिवालय प्रमुख, सहकारी विभागको प्रमुख, शिक्षा विभागको प्रमुख र सूचना तथा सञ्चार विभागको प्रमुख लगायत विभिन्न विभागको प्रमुख भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । ‘शिक्षा नै जीवन हो, शिक्षा भनेको जीवन पर्यन्त बाँच्ने आधार हो’ भन्ने मान्यता राख्ने ढकालले व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र, राजनीति शास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर, कानुन विषयमा स्नातक र एक वर्षे वि.एड. उत्र्तीण गरेका छन् । 

    हाल उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयमा एमफिल, त्रिचन्द्र कलेजमा डिप्लोमा इन काउन्सेलिङ्ग साइक्लोजी र बालमीकि विद्यापीठमा शास्त्री स्नातक (प्रथम वर्ष) मा अध्ययनरत छन् । श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता ढकालले बलि प्रथा विरुद्ध चेतनामुलक अभियान समेत चलाउँदै आएका छन् । 

    सरकारी सेवा सुरुगरेदेखि हालका दिनसम्म गरेको कामको मूल्याङ्कन गर्दै ढकाललाई विभूषित गरिएको हो । विभूषित भएपछि उनले सूचना प्रविधि विभागलाई समयानुकुल परिस्कृत गर्दै विभागलाई महानगरकै लागि सूचनाको स्रोतको रुपमा अगाडि बढाउँदै लैजाने र महानगरवासीलाई सत्मार्गरुपी सत्य र सही सूचनाहरुको बारेमा जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १३:१४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij