Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

विराटनगरमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु


  • 5.3K
    Shares

    विराटनगरमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

    मोरङ । विराटनगरमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

    विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका ४ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

    अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार संक्रमित महिलाको बिहीबार बिहान करिब साढे ४ बजे मृत्यु भएको हो । विराटनगरको न्यूरो अस्पतालमा बुधबार पीसीआर परीक्षण गर्दा उनको दिउँसो करिब २ बजे रिपोर्ट पोजिटिभ आएको थियो ।

    सो क्रममा थप उपचारका लागि उनलाई नोबेल अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै बेलुका करिब ४ बजे महिलालाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

    यसक्रममा उनीलाई श्वासप्रश्वासको समस्या रहेको केन्द्रले जनाएको छ । महिलामा मुटुको समेत समस्या रहेको थियो । मृतक महिलाको श्रीमानमा समेत संक्रमण देखिएको छ । उनको समेत केन्द्रमै उपचार भइरहेको छ ।

    यससँगै केन्द्रमा हालसम्म ५८ जनामा संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । हाल केन्द्रमा ७ जना संक्रमित उपचारत रहेको केन्द्रले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १२:४८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij