२०८२ फाल्गुण ३० गते शनिवार
मकवानपुर । मकवानपुरमा एक बालिका बलात्कृत भएकी छिन् । हेटौंडा महानगरपालिका-६ पुतलीबजार नजिकैको खहरे खोला बगरमा बुधबार राति बालिका बलात्कृत भएका हुन् ।
बलात्कार आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका-२३ घर भई हेटौंडामा डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवानलाई पक्राउ गरेको हो ।
बालिका बलात्कार भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एसपीसहितको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पासवानमाथि जबरजस्ती करणीको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij