Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

इमेज सहकारीको बचतकर्ताको १ करोड रकम फिर्ता

इमेज सहकारीको बचतकर्ताको १ करोड रकम फिर्ता


  • 2.4K
    Shares

    • images
    इमेज सहकारीको बचतकर्ताको १ करोड रकम फिर्ता

    काठमाडौं । बाग्लुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता गरेको छ।

    सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो।

    ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रुपैयाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समितिले जनाएको छ । दुई दिनमा बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता गरिएको छ ।

    बचतकर्ताको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ।

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - १६:१५:३९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij