Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सिंहदरबारभित्रै गनगन गर्ने कर्मचारीलाई प्रहरीले समात्यो

सिंहदरबारभित्रै गनगन गर्ने कर्मचारीलाई प्रहरीले समात्यो


  • 5.4K
    Shares

    सिंहदरबारभित्रै गनगन गर्ने कर्मचारीलाई प्रहरीले समात्यो

    काठमाडौं । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

    प्ले कार्ड बोकेर उनीहरु शान्तिपूर्ण प्रदर्शनमा थिए । आन्दोलनमा रहेका एक कर्मचारी प्रकाश भट्टराईका अनुसार निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गदैै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको हो ।

    तर प्रहरीले सिंहदरबारभित्र आन्दोलन गर्न नपाइने भन्दै सातजनालाई पक्राउ गरिएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दिएको जानकारीअनुसार पक्राउ परेका सातैजनालाई छाडिएको छ ।
     

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - ११:३७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij