२०८२ फाल्गुण ३० गते शनिवार
रसुवा । रसुवामा टिपर दुर्घटना हुँदा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । रसुवाको कालिका गाउँपालिका २ स्याउबारीमा गएराति बागमती प्रदेश०१–००६ख १६८८ नम्बरको टिपर दुर्घटनामा परेको हो ।
दुर्घटनामा कालिका १ राम्चे घर भएका टिपर चालक २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । राजेन्द्र स्थानीय ग्राङ प्राविका प्रधानाध्यापक हुन् । दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
गएराति ११ बजे राम्चेबाट बेत्रावती जाने क्रममा टिपर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । दुर्घटनामा कालिका गाउँपालिका १ का वडाध्यक्ष मालफुर्पा तामाङ सामान्य घाइते भएको छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij