Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोना : एकैदिन करिब २ लाख जनामा संक्रमण, १ हजार बढीको मृत्यु

भारतमा कोरोना : एकैदिन करिब २ लाख जनामा संक्रमण, १ हजार बढीको मृत्यु


  • 9.9K
    Shares

    भारतमा कोरोना : एकैदिन करिब २ लाख  जनामा संक्रमण, १ हजार बढीको मृत्यु

    भारतमा एकैदिन करिब २ लाख जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

    हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको जनाइएको छ ।

    संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउनेको संख्या पनि बढेको छ । १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम रहेको भारतमा हिजो एकैदिन १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ ।

    दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो । यसैबीच भारतको उत्तराखण्डको हरिद्वारमा कुम्भ मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १०:४१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij