Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु

गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु


  • 8.3K
    Shares

    गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु

    गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

    जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन विक र प्युठानको गौमुखी गाउँपालिका –५ बस्ने विष्णु विकको छोरा ८ बर्षिय गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

    मदाने गाउँपालिका –३ सिर्सेनीस्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा बेहोस अवस्थामा देखेपछि स्थानीयले पुर्कोट स्वास्थ्य चौकीमा लैजादैँ गर्दा बाटोमै मृत्यु भएको पाण्डेले बताए ।

    विष्णुका आमा छोरा माइती गएका थिए भने सञ्जिव आफन्तकोमा आएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले शवलाई पोष्टमाटमको लागि सदरमुकाम तम्घास ल्याइदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १६:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij