Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस


  • 8.4K
    Shares

    उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ ।

    मन्त्रालयको सिफारिसअनुसार एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउनुपर्ने छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर परेको मन्त्रालयको विश्लेषण छ ।

    मंगलबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ ।

    मन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको तर यसबारे निर्णय हुन बाँकी रहेको छ ।

    आगामी जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुन सक्ने पनि मन्त्री त्रिपाठीले बताउनुभएको छ । उहाँका अुनसार सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको छ । अहिले नै उचित मापदण्ड पूरा गर्न सकिए पुनः लकडाउन गर्न नपर्ने उहाँको भनाइ रहेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको र यसबारे मंगलबार जानकारी गराइने जनाइएको छ । तर, मन्त्रालयले भने पुनः एक महिनाका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

     

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १६:१६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij