२०८२ भाद्र १ गते आइतवार
काठमाडौं ।महिला टी–२० आई त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । बिहीबार नेदरल्याण्ड्सले दिएको १५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो । सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज सुरु भएको हो । सिरिजमा प्रत्येक टोलीले आपसमा दुई–दुई खेल खेल्ने छन् । जसबाट शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
सिरिज माघ २५ गतेसम्म चल्नेछ । नेपालले अर्को खेल पर्सि १९ गते थाइल्याण्डसँग खेल्ने तालिका छ । यो सिरिज नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण हुने क्यानको दाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij