Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ


  • 10.0K
    Shares

    नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी  गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी  रहेका छन् ।

    ठकुरीले नागार्जुन नगरपालिका ६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेका  थिए ।

    महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १३:४५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij