Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोराना फेरि बढ्नुको गुदी कुरा यस्तो पो रैछ, डब्लुएचओका प्रमुखले यसरी लगाए बेलिबिस्तार 

कोराना फेरि बढ्नुको गुदी कुरा यस्तो पो रैछ, डब्लुएचओका प्रमुखले यसरी लगाए बेलिबिस्तार 


  • 6.7K
    Shares

    कोराना फेरि बढ्नुको गुदी कुरा यस्तो पो रैछ, डब्लुएचओका प्रमुखले यसरी  लगाए  बेलिबिस्तार 

    एक वर्ष पछि कोरोनाले अर्को रुप लिएको छ। कोरोना भाइरसको दोस्रो लहर विश्वभर तिव्र रुपमा बढीरहेको छ । ब्रिटेनबाट सुरु भएको दोस्रो लहर भारत हुँदै नेपालमा पनि प्रवेश गरिसकेको छ ।

    शून्यमा पुगेको मृत्युदर एक्कासी बढेको छ । साथै संक्रमण दर पनि दोब्बर देखिन्छ । आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएकोमा सोमबार एकाएक बढेर मृतकको संख्या १३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसप्रति चिन्ता व्यक्ति गर्दै कोरोना नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिरहेको छ ।

    छिमेकी देश भारतमा पनि दैनिक करिब डेढ लाखको दरमा संक्रमण देखिन थालेको छ । यसैबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडमोम घेबियसले विश्वभर कोरोना भाइरसले पुनः एकपटक आफ्नो फैलावटलाई तिव्रता दिएकोबारे चेतावनी दिएका छन् ।

    साथै यो महामारी लामो समयसम्म रहने चिन्ता व्यक्त गरेका छन् ।

    किन बढीरहेको छ कोरोना संक्रमण ?

    विश्व स्वास्थ्य संगठनका प्रमुख घेबियसले भने, ‘सार्वजनिक स्वास्थ्य उपायमा निरन्तरता नदिएका कारण कोरोना भाइरसको संक्रमण र मृत्युको संख्यामा बढोत्तरी भइरहेको छ । यसबाहेक विश्वभरका मानिसबीच आत्मसन्तुष्टि र भ्रमको स्थिति भएका कारण पनि कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।’

    उनले यो महामारी अन्त्य हुन निकै समय लाग्ने बताएका छन् । मानिसहरुले व्यवहारमा परिवर्तन नल्याएसम्म कोरोना महामारी पूरै तरिकाले अन्त्य हुन नसक्ने उनले चेतावनी दिएका छन् । ‘कोरोना भाइरसको महामारी अन्त्य हुन लामो समय लाग्ने छ’, उनले भने ।

    घेबियसका अनुसार विश्वभरका ७८ करोड मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । तर, संक्रमण रोक्नका लागि मास्क र सामाजिक दूरीको पालना गर्नु पनि आवश्यक छ । सामाजिक दूरी र मास्कको प्रयोगले नै महामारी नियन्त्रणका लागि ठूलो हतियार हुने उनको भनाइ छ ।

    टेड्रोसले भने, ‘हामी सबै मानिस छिट्टै आर्थिक गतिविधि सुरु भएको देख्न चाहिरहेका छौं । केही देशमा बढ्दो संक्रमणका बावजुद अनेकौं स्थानमा मानिसहरुको भीड देखिँदैछ । यद्दपि वर्ष २०२१ को पहिलो दुई महिनापछि संक्रमण र मृत्युको दरमा कमी आएको देखिन्छ । यदि हामीले सही रुपमा स्वास्थ्य मापदण्ड अपनाऔं भने कोरोना नियन्त्रण गर्न सक्छौं ।’

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १३:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij