Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पत्रकार माधवप्रसाद गुरागाइँमाथि कुटपिट

पत्रकार माधवप्रसाद गुरागाइँमाथि कुटपिट


  • 6.6K
    Shares

    पत्रकार माधवप्रसाद गुरागाइँमाथि कुटपिट

    काठमाडौँ । काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधिन ‘काठमाडौँ भ्यू टावर’ का ठेकेदारसहितको टोलीले पत्रकार माधवप्रसाद गुरागाइँलाई कुटपिट गरेको छ । गुरागाइँ नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी हुन् ।

    सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण, पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको, हेमचन्दलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको बारे रिर्पोटिङ्ग गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र मनोजका सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरिएको पीडित गुरागाइँले बताए ।

    कुटपिटको घटनाको भत्सना गर्दै गुरागाइँ आबद्ध सञ्चार संस्था नेपाल आज प्रालीले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आक्रमणसँगै उनीहरुले भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेको बताएका छन् ।

    घटनाको विषयमा सोमबारै प्रहरी परिसर टेकुमा उजुरी दिएको गुरागाइँले बताए । प्रहरीका अनुसार संलग्न तीनै जना मोवाईल स्वीच अफ गरी फरार छन् ।

    उनीहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन, क्षती भएको सञ्चार उपकरणको उचित क्षतिपुर्ति दिलाउन र ज्यान मार्ने धम्की दिनेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न नेपाल आज प्रालीले माग गरेको छ ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - ११:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij