Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

दोलखामा बोलेरो दुर्घटना : ४ को मृत्यु, १८ जना घाइते

दोलखामा बोलेरो दुर्घटना : ४ को मृत्यु, १८ जना घाइते


  • 5.9K
    Shares

    दोलखामा बोलेरो दुर्घटना : ४ को मृत्यु, १८ जना घाइते

    चरिकोट । दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।

    दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए । 

    मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् ।

    दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौंको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - ११:००:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij