Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लञ्चिङ

बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लञ्चिङ


  • 1.5K
    Shares

    • images
    बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लञ्चिङ
    images

    काठमाडौं । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्राण्ड लञ्चिङ गरेको छ। सीजी मोटर्सको बिर्तामोडस्थित आधिकारिक बिक्रेता  पीटुआर अटो जोनमा एक भव्य कार्यक्रम आयोजना गरी नयाँ मोटरसाइकलहरूको रिजनल लञ्च गरिएको हो।

    नयाँ मोटरसाइकलहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा गायक निशान भट्टराईलगायत अन्य कलाकारहरूले रोमाञ्चक प्रस्तुति दिएका थिए। हिरो मोटोकर्पले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन-आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिएको छ। 

    एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्राण्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ। एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार नौ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि दुई लाख ८९ हजार नौ सय तथा एबीएस भेरियन्टका लागि तीन लाख ११ हजार नौ सय रुपैयाँ तोकिएको छ।

    सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ।

    हिरो मोटरसाइकल तथा स्कुटर टुव्हीलर नेपालको प्रतिष्ठित तथा लोकप्रिय बाण्डमा गनिन्छ। कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्राण्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ। चौधरी गु्रप नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह, हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक पनि हो। एक सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो टिम र एक सय २३ ब्राण्ड रहेका छन्।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १६:३३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij