Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सुकुटे दुर्घटना : एकको मृत्यु, दुई घाइते

सुकुटे दुर्घटना : एकको मृत्यु, दुई घाइते


  • 6.0K
    Shares

    सुकुटे दुर्घटना : एकको मृत्यु, दुई घाइते

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । 

    काठमाडौंबाट दोलखा जाँदै गरेको अरनिको यातायातको ना ३ ख ९६५८ नम्बरको बसले खाडीचौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५९ प ६९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको छ । बस र चालक दुवै प्रहरी नियन्त्रणमा छन् । 

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १२:१५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij