Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सहुलियत पसल फागुनसम्म सञ्चालन हुने

सहुलियत पसल फागुनसम्म सञ्चालन हुने


  • 1.5K
    Shares

    सहुलियत पसल फागुनसम्म सञ्चालन हुने
    images

    काठमाडौं । सरकारले चाडपर्वलक्षित गरी सञ्चालनमा ल्याएका सहुलियत पसल फागुनसम्म निरन्तर हुने भएको छ ।

     सुरुवाती चरणमा माघ मसान्तसम्म सञ्चालन गरिने भनिएता पनि एक महिना लम्बिने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता अम्बिका पौडेलले जानकारी दिइन् ।

    साथै कम्पनीले असार मसान्तसम्म चिनी सहुलियत मूल्यमा बिक्री गर्ने उनको भनाइ छ । सहुलियत पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन, जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा विशेष छुटमा बिक्री गरिरहेको  छ । 

    उक्त खाद्यान्नहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको छ।

    कम्पनीले स्टिम जिरा मसिनो, बासमती, आरुवा सोना, आरुवा मोटा, कालानुनीया, ब्राउन, साँवा स्टिम आरुवा रञ्जित, फोर्टीफाइड, लङ्ग्रेन यी सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ । 

    यस्तै कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, कर्णालीको सिमी, उवा, तितेफापरमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ । 

    चना, रहर, मसिनो मुसुरो, क्वाँटी, ठुलो मुसुरो मासको दाल र रहरको दालमा प्रतिकिलो ५ रुपैयाँ, गहुँको पिठो, चिउरा, गहुँ र चिनीमा ५ रुपैयाँ छुट छ । 

    त्यसैगरी भटमास, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर ७ रुपैयाँ, डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट दिइएको छ ।

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - ११:१०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij