Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.4K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार आइतवार र सोमवार नै चाँदीको मूल्य स्थिर रहेको छ । सोमवार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १२:२२:२४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij